लहानमा एक पुरुषको शव फेला

लहान । सिरहाको लहानमा आज दिउँसो बेवारिसे एक पुरुषको शव फेला परेको छ । पुर्वपश्चिम लोकमार्गसँग टासिंएको लक्ष्मण ललिता मा.वी. स्कुल नजिकै रहेको पोखरीमा सो शव भेटिएको प्रहरीले जनाएको छ । पोखरीमा माछा मार्न गएको लहान–५ का बिन्दु शहनीले पानीमा डुविरहेको शव देखेपछी प्रहरीलाई खवर गरेका थिए।

अपरिचित नाम नखुलेका अन्दाजी ४० बर्षीय देखिने उक्त शवलाई पोष्टमार्टमका लागि राउ स्मारक अस्पताल लहानमा राखिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्