तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चार सयले सुनको मूल्य बढेको हो ।

सोमबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button