तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको वेद माविका शिक्षकहरूमा कोरोना,विद्यालय भने नियमित

पाल्पा ।   पाल्पाको बगनासकाली ८ मा रहेको वेद माध्यमिक विद्यालयका तीन जना शिक्षकहरूमा कोरोना पोजेटिभ देखिएको छ । विद्यालयमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरि पठाउदा तीन जनामा संक्रमण पुष्टि भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य संयोजक मनिराम अधिकारीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्यालका अनुसार विद्यालयमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरि पठाएको र तीन जना शिक्षकहरुमा पोजेटिभ रिपोर्ट आएता पनी संक्रमितहरु आइशोलेशनमा भएकाले विद्यालय सुचारू नै हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button