प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । –प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।
हिजो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस नसकिएपछि आजका लागि तोकिएको छ । संवैधानिक इजलासको हिजोको सुनवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताद्वय दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गर्नुभएको थियो । आइतबार पनि रिट निवेदकका तर्फबाट अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिलकुमार पोखरेललगायतले बहस गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्