तपाईँ सुन्दै हुनुहुन्छः

संगीतकार एवं वाद्यवादक परियारको निधन

काठमाडौं । संगीतकार एवं वाद्यवादक गणेश परियारको आज ७६ वर्षको उमेरमा निधन भएको छ ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना हुनुभएका संगीतकार परियारको आज उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उहाँले रेडियो नेपालमा दुुई दशकभन्दा बढी सेवा गर्नुभएको थियो । उहाँले संगीत दिनु भएका र वाद्यवादन गर्नुभएका थुप्रै गीतहरु चर्चित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button