तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जका ४ व्यापारिक फर्म, पसल तथा उद्योगलाई कारवाही

वीरगञ्ज । म्याद गुज्रिएका खाद्य सामग्री विक्री वितरण गर्ने वीरगञ्जका ४ वटा व्यापारिक फर्म, पसल तथा उद्योगलाई कारवाही गरिएको छ ।

म्याद गुज्रेको खाद्या सामग्री एवम पेयपदार्थ विक्री वितरण गर्ने, मापदण्ड अनुसार उद्योग सञ्चालन नगर्ने, मूल्य सुची नराख्ने, विलविजक देखाउन नसक्ने फर्म र उद्योगहरुलाई कारवाही गरिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख जित बहादुर भण्डारीले बताउनुभयो ।

कारवाहीमा परेका फर्महरुमा वीरगञ्ज १३ राधेमाईस्थित बच्चु ट्रेडर्स एण्ड सप्लायर्स, अमित जेनरल स्टोर, वीरगञ्जको पावर हाउस चोकमा रहेको विश्वनाथ किराना पसल र अनन्या फ्रेस चाउमिन उद्योग रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button