तपाईँ सुन्दै हुनुहुन्छः

जडिबुटीका क्षेत्रमा लगानी बढाइनेः वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ ।

आईतबार जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अवलोकन गर्दै वनमन्त्री आलेले नेपालमा उत्पादन हुने जडिबुटीहरुको पूर्ण सदुपयोग गर्ने र यसबाट बढी लाभ हासिल गर्ने योजना सरकारको रहेको बताउनुभयो ।

वनमन्त्री आलेले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई थप व्यवस्थित बनाईने र बेरोजगार युवालाई रोजगारी दिनेगरी जडिबुटी खेतीको प्रवर्द्धन गरिने बताउनुभयो ।

त्यस अवसरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र कार्कीले कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी निर्माणको योजना अगाडी बढिरहेको जानकारी गराउँदै यसबाट जडीबुटी खेतीको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button