तपाईँ सुन्दै हुनुहुन्छः

रोकिराखेको ट्याक्टरमा सुमो ठोक्किँदा एकको मृत्यु 

सप्तरी । रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरीका अनुसार बिहान ३ः३० बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका खण्डमा रोकिराखेको स.१त.२५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ज. २४५२ नम्बरको सुमो ठोक्किएको हो ।

दुर्घटनामा सुमो सवार झापाको शिवसतासी नगरपालिका ११ डुरामनी बस्ने २५ वर्षिय रमेश लिम्बुको मृत्यु भएको छ । उनलाई गम्भीर अवस्थामा उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका ३ बस्ने ३४ वर्षीय टेक बहादुर दर्जी र झापा जिल्ला गौरादह नगरपालिका ४ निवासी ३६ वर्षीय जितबहादुर श्रेष्ठको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button