तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासंघ, सप्तरीको दशौं साधारण सभा सम्पन्न

सप्तरी । नेपाल पत्रकार महासंघ, सप्तरीको दशौं साधारण सभा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ शाखा, सप्तरीद्वारा आयोजित सभामा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल पत्रकार महासंघ, शाखा सप्तरीका पूर्वअध्यक्षहरुलाई सम्मान–पत्र एवं दोसल्लाले सम्मान गर्नुभयो ।

तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर– ५ स्थित बनरझुला (कोशीपलार)मा आयोजित कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकास एवं प्रेस स्वतन्त्रताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले आचार–संहिताभित्र रहेर निष्पक्ष, आधिकारिक, सन्देशमुलक एवं खोजमुलक समाचार सम्प्रेषण गरेमा सञ्चार जगत सदैव विश्वसनीय रहने उल्लेख गर्दै सञ्चार क्षेत्रको विकास नै सुशासन र समृद्धिको आधार भएकाले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय तथा प्रादेशिक समिति, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, विदेशबाट आउने पाहुना लगायत सप्तरीको पत्रकारिता तथा पत्रकार महासंघको संस्थागत विकासमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई स्वागत एवं सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button