कञ्चनरुप नगरपालिकाद्वारा दाउरा वितरण
सप्तरी । अत्याधिक चिसो र हुस्सु (कुहिरो) लाग्न थालेपछि चिसोबाट बच्नका लागि सप्तरीको कञ्चनरुप नगरपालिकाले दाउरा वितरण गरेको छ ।
बक्लो हुस्सु, कुहिरो र अत्याधिक चिसो बढेपछि सप्तरीको जनजीवन कष्टकर बन्दै गइरहेको छ । बिहानदेखि बेलुकैसम्म हुस्सु लाग्ने, चिसो बतास चल्ने र दिउँसो घाम नलागेका कारण अत्याधिक चिसो बढेपछि बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
मानवको जीवन रक्षा गर्नु आफू र नगरपालिका पहिलो कर्तव्य रहेकोले वडा नम्बर १ देखि वडा नम्बर १२ सम्मको चौक चौकमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको नगरपालिकाका नगर प्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्