प्रदेश २ मा भोलि सार्वजनिक बिदा
जनकपुरधाम । प्रदेश नंं २ का सरकारले भोलि मनाउन लागेको बलिदानी दिवसको अवसर पारेर प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मधेश आन्दोलनको क्रममा पहिलो शहादत भएका रमेश महतोको स्मृतिमा प्रत्येक वर्ष माघ ५ गते मधेशवादी पार्टीले बलिदानी दिवस मनाउदै आएकोमा प्रदेश सरकारले यस दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
सार्वजनिक बिदासम्बन्धी विषय प्रदेश सरकारको राजपत्रमा पनि उल्लेख रहेको उहाँले बताउनुभयो । प्रदेश नंं २ मा राजपा तथा फोरम मिलेर बनेको जनता समाजवादी पार्टीका बहुमतको सरकार रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्