सुनको मूल्य रु ७०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ ।
सुनको मुल्य तोलामा रु ७०० ले घटेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ ।छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ । रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ ।
यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ । रु एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।








प्रतिक्रिया राख्नुहोस्