तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन खेलकुद परिषद् तयार

वीरगञ्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले पर्साको वीरगञ्जस्थित नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन परिषद् तयार रहेको बताउनु भएको छ ।

वीरगञ्जको नारायणी रङ्गशालाको शनिवार स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा गर्दै सदस्य सचिव सिलवालले विभिन्न विधाका खेलकुद क्रियाकलाप र प्रतियोगिता सञ्चालन गराउन पर्याप्त सेवा सुविधा विस्तार गरेर नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन खेलकुद परिषद् तयार रहेको बताउनुभयो ।

सिलवालले रङ्गशालामा मर्मत तथा पुनः निर्माणका लागि बजेट अभाव हुन् नदिने प्रतिबद्धता व्यक्त गर्दै नयाँ योजना निर्माणलाई पनि सँगसँगै लैजाने बताउनुभयो ।

सदस्य सचिव रमेश सिलवालले बीरगंजको नारायणी रङ्गशालासँगै रहेको क्रिकेट मैदान, कवर्ड हल लगायतको पनि स्थलगत अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button