तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको सप्तकोशी नगरपालिकाका सबै विद्यालय एक साताका लागि बन्द

सप्तरी । सितलहरसँगै अत्याधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकास्थित सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ ।

नगरपालिकाको बोर्ड बैठकले माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अत्याधिक चिसोबाट बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख उत्तम शर्मा गौतमले जानकारी दिनुभयो ।

उक्त नगरपालिका भित्र ११ सरकारी र १२ वटा निजि विद्यालय छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button