वीरगंजका छुट्टाछुट्टै तीन स्थानमा २ सय ७२ जनाले गरे रक्तदान

बीरगंज । आज वीरगंजमा छुट्टाछुट्टै तीन स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा २० जना महिलासहित २ सय ७२ जनाले रक्तदान गरेका छन् ।
२०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण पर्सा र नर्सिङ दास बृजलाल वेलफेयर सोसाइटी बीरगंजको संयुक्त आयोजनामा आज बीरगंजको श्रीपुरस्थित सिद्धार्थ मावि परिसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ५५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने मध्ये १० जना महिला रहेका छन् ।
कार्यक्रमको सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले रक्तदान गरेर शुभारम्भ गर्नु भएको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का तथा नर्सिङ दास बृजलाल वेलफेयर सोसाइटी बीरगंजका अध्यक्ष शिव गोयलको संयुक्त अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाली सेनाका चण्डी प्रसाद गण बीरगंजका गणपति मदनजंग राणा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की लगायतको उपस्थिति थियो ।
रक्तदान गर्नेहरूमा खड्क बहादुर खड्का, विकास अधिकारी, ईश्वर अधिकारी, सुजता सारु श्रेष्ठ, दिलिप कार्की, अनिल साह, राजेश साह, दिपक श्रेष्ठलगायतका रहेका छन् ।

यसै गरी निर्माण ज्वेलर्स बीरगंजको आयोजनामा आज वीरगन्जस्थित माइस्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा जनता समाजवादी पार्टीका बीरगंज नगर सभापति ओमप्रकाश सर्राफ, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, सुनचादी व्यवसायी सङ्घ पर्साका अध्यक्ष नीरज सर्राफ लगायतको उपस्थिति थियो ।
यता वर्णवाल सेवा समिति र वर्णवाल युवक सङ्घद्वारा बीरगंजमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सेवा समितिका अध्यक्ष मुर्लीधर वर्णवाल र युवक संघका अध्यक्ष रविन्द्र कुमार वर्णवालको संयुक्तको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ५ महिलासहित ६२ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा आदित्य वर्णवाल, अनिता ठाकुर, रामप्रवेश साह, रवि वर्णवाल, दिलिप वर्णवाल, अशोक गुप्ता, रंजित चौधरी लगायतले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य रागीनी वर्णवाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री शैलेन्द्र चौरसिया, बीरगंज उद्योग वाणिज्य संघका कोषाध्यक्ष रविन्द्र वर्णवाल लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्