तपाईँ सुन्दै हुनुहुन्छः

आज काठमाडौँमा प्रदेश नं १ को भेला बस्दै : प्रधानमन्त्री ओलीले ‘विशेष सम्बोधन’ गर्नुहुने 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ निवासी कार्यकर्ताको भेला आज शनिबार  हुँदैछ ।
काठमाडौँको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा दिउसो १ बजे बस्ने भेलालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा प्रदेश १ का काठमाडौँवासी अगुवा कार्यकर्ताको भेला हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button