तपाईँ सुन्दै हुनुहुन्छः

एकदिवसीय मैत्रीपुर्ण महिला फुटबल सम्पन्न

वीरगञ्ज । ठोरीमा पर्सा र चितवनबीच भएको एकदिवसीय मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।

ठोरी गाउँपालिका स्थित वडा नं. १ को कार्यालयको खेल मैदानमा पन्चकन्या क्लब चितवन र वीरगञ्ज युथ क्लब वीरगञ्जबीच भएको खेलमा ट्राइब्रेकरमा वीरगञ्जले ४ का विरुद्ध ५ गोल गरी विजयी भएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । उक्त खेलमा वीरगञ्जकी दिना नेपाली मेन अफ द म्याच बनेकी थिइन । विजयी खेलाडीहरुलाई ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिल्ड तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

ठोरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष राम प्रकाश कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठ, ठोरीका समाजसेवी आस बहादुर गुरुङ, कमल तिमिल्सिना, जगेन्द्र पौडेल, दिपक तिमिल्सीना लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button