थप २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी, आज थप ३ सय ९० जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।
आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ४ हजार ३ सय १ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, कोरोना भाइरसको संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ९ सय ४८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्