तपाईँ सुन्दै हुनुहुन्छः

लोकतान्त्रिक संस्कार मान्ने राजनीतिक दल चुनावमा जान डराउनु आश्रय : मन्त्री रायमाझी

फाइल तस्बिर

रुपन्देही । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले लोकतान्त्रिक संस्कार मान्ने राजनीतिक दल चुनावी मोर्चामा जान डराउनु आश्चर्य रहेको बताउनुभएको छ ।

उहाँले सरकारले कुनै रहरले नभएर मुलुकको सिस्टम बचाउन प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जानु परेको बताउनुभयो ।

शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले आफ्नै पार्टीमा रहेका व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा ल्याई मुलुकको सिस्टमले अस्तव्यस्त पार्न खोजेकाले यस्तो अवस्था आएको बताउनुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली जनताले निश्चित समयका लागि जनमत दिएको र कार्यकर्ताले निश्चित समयका लागि पार्टी अध्यक्ष दिए पनि पार्टीका केही पद लोभी नेताका कारण यस्तो अवस्था आएको उहाँले बताउनुभयो । उहाँले कोही कसैलाई बिचैमा प्रधानमन्त्री, पार्टी अध्यक्ष मन लागेर सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रसँग मिलेर चलखेल गरेको धारणा राख्नुभयो ।

मन्त्री रायमाझीले प्रचण्डले घोषणा गरेर माधव नेपालले समर्थन गरेर केपी ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री बनाएको स्मरण गर्दै त्यसरी बनाइएका नेताका पछाडि आफू लागेको बताउनुभयो । प्रचण्डले माधव नेपाललाई नेता मान्न तयार भएपछि आफूले केपी ओलीलाई मान्दा लिगेसी छाडेको आरोप लगाइनु आवश्यक नभएको भन्दै उहाँले प्रतिनिधिसभा पुनः स्थापना हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।

मन्त्री रायमाझीले एमसीसीका विषयमा आफूले बोलेका कुरालाई विषयान्तर बनाइएको भन्दै यसलाई पास गर्ने वा अस्वीकार गर्ने विषय छिटो टुङ्गाउनुपर्ने आफ्नो मत रहेका बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button