कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु
नेपालगन्ज। कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ की ८० वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा गएराति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्