बढ्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य चार सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
विहीबार सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य भने तोलामा ९२ हजारमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि पनि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्