तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा बिहीबार १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ पुगेको छ ।

प्रदेश १ मा आज १२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेहरु सबै होमआइसोलेसनका रहेका थिए । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा आज २९८ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये ३ महिला र १३ पुरुष रहेका छन् । हालसम्म २ लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button