राप्तीमा डुबेर एक बेपत्ता
दाङ । देउखुरीको राजपुर बेला घाटमा डुबेर एक युवा बेपत्ता भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा पौडी खेल्ने क्रममा बेला निवासी अन्दाजी २७ वर्षीय प्रदीप चौधरी बेपत्ता भएका हुन् ।
बिहीबार दिउँसो करिब १ बजेतिर पौडी खेल्ने क्रममा चौधरी राप्तीमै बेपत्ता भएको प्रहरीले बताएको छ ।
माघे सङ्क्रान्तिको अवसरमा राप्ती किनारमा वनभोज सहित उनीहरू पौडी खेल्न राप्ती गएका थिए । घटना स्थलमा उनीहरूको मोटरसाइकल र मासु पनि फेला परेको छ ।
अहिले नेपाल प्रहरी, एपिएफको गोताखोर टोली र स्थानीयले उनको खोजीकार्य गरिरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए ।
उनका साथी बिमल चौधरी र कुन नारायण चौधरीका अनुसार मासु पोलेर खाने अनि पौडी खेल्ने भनी राप्ती गएका थिए ।








प्रतिक्रिया राख्नुहोस्