तपाईँ सुन्दै हुनुहुन्छः

युवा समाज सिमराको न्यानो बाँड्ने अभियान

बारा । युवा समाज सिमरा, बाराले जीतपुरसिमरा उपमहानगरपालिकामा न्यानो बाँड्ने अभियान सुरु गरेको छ । तराइमा शितलहर र चिसो बढेपछि जाडोबाट कसैले ज्यान न नगुमाउँन भन्ने उद्देश्य राखी उपमहानगरपालिकामा अभियान सुरु गरिएको युवा समाजका संयोजक  सुशिल ढकालले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल र व्यक्तिगत चिनजानको सहायताले सर्वसाधारणहरूको न्यानो पुराना  कपडाहरू युवा समाजले सङ्कलन गर्ने गरेको छ । सङ्कलन गरिएका कपडाहरू युवा  समाजले लवन्डरीको सहायताले  धोएर, सुकाएर सर्वसाधारणलाई वितरण गर्दै आएको छ ।
वृद्धवृद्धा र बालबालिकालाई लक्षित गर्दै युवा समाजले  नयाँ ज्याकेट आफ्नै लगानीमा सय जनालाई  वितरण गर्ने योजना बनाएको संयोजक ढकालले बताउँनु भयो  । युवा समाजका सदस्यहरूले उपमहानगरपालिकाको विभिन्न ठाउँबाट न्यानो कपडा सङ्कलन गरी विभिन्न ठाउँमा वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button