राजस्व छली भित्र्याइएको ७ लाख मूल्य बराबरको सामान बरामद

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आज अवैध रुपमा भन्सार छलेर भित्र्याएको झण्डै ७ लाख मूल्य बराबरको भारतीय लत्ताकपडा, इलेक्ट्रोनिक समान तथा खाद्यान्न बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा एवं जिल्ला स्थित विभिन्न प्रहरी युनिटहरूले राजस्व छली भित्र्याइएको ६ लाख ८७ हजार ५ सय ५० रुपैयाँ मूल्य बराबरको भारतीय लत्ताकपडा, खाद्यान्न तथा इलेकट्रोनिक्स लगायतका सामान अवैध रुपमा भारतीय सीमा वर्ती बजारमा नेपाल तर्फ भित्र्याई रहेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनुभयो ।
बरामद गरिएका सामान थप कारबाहीका लागि वीरगंज भन्सार बुझाइएको प्रवक्ता कुँवरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्