ताजा जनादेशमा जाने कुरा असंवैधानिक हुनै सक्दैन : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नु परेको बताउनु भएको छ ।
मन्त्री गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पार्नु भयो । “मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,” नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो ।”
मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुट्ट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।
उहाँले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भयो । मन्त्री गुरुङले सञ्चारमैत्री नीति निर्माणमा आफू केन्द्रित भएको पनि दोहो¥याउनुभयो । त्यसका लागि आफूले सरोकारवाला निकायहरुसँगको सहकार्यमा जोड दिएको उहाँको भनाई थियो ।
मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्रलगायतका कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने दाबी पनि गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्