तपाईँ सुन्दै हुनुहुन्छः

“योग गरौँ” नाराका साथ योग दिवस मनाइयो

सप्तरी । छैठौं राष्ट्रिय योग दिवस सप्तरीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार जिल्ला आयुर्वेद केन्द्र सप्तरीले कार्यालय परिसरमा योगाभ्यास तथा प्रवचन लगायतका कार्यक्रम गरी योग दिवस मनाएको हो ।
“योग गरौँ डटेर, कोरोना जान्छ हटेर” मूल नाराका साथ सुरु भएको कार्यक्रममा सुरक्षा निकाय, स्वास्थ्य संस्था, नागरिक समाज, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र लगायत विभिन्न सङ्घ संस्थामा आबद्धहरूको उलेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई केन्द्रका प्रमुख डा. शिवशंकर यादवले योगको प्रशिक्षण दिनुका साथै यसको महत्त्व बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले योगको प्रभाव जनस्तरमा बढाउन यस्ता कार्यक्रमले ठुलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे । यस अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले पनि विशेष कार्यक्रमको आयोजना गरेको केन्द्रका दिपक भाईले जानकारी दिनुभयो ।
योगले मनुष्यको तन र मन दुवै स्वास्थ्यका लागि विशेष महत्त्व राख्ने भएकाले केन्द्र परिसरमा विगत एक साता देखी निःशुल्क योग शिविर समेत सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button