तपाईँ सुन्दै हुनुहुन्छः

गरिब तथा विपन्नलाई कम्बल वितरण

कलैया । माघे सङ्क्रान्तिको अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का यादव दम्पती लक्ष्मी र राजभरी अहिरिनले गरिब, सहाय, विपन्न, दलित एवम् विधवाहरूलाई कम्बल वितरण गर्नुभएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४ का गरी दुई सय पाँच जनालाई १४औँ पटक कम्बल वितरण गरिएको छ ।

कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निर्वाचन क्षेत्र नम्बर ३ का विघटित सङ्घीय सांसद रामबाबु कुमार यादवले सेवा नै धर्म हो भने मान्यतालाई लक्ष्मी र राजभरीले साबित गरिदिएको बताउनुभयो ।

उहाँले सरकारले गर्नुपर्ने काम गरेर समाजमा ठुलो उपकार गरेको चर्चा गर्दै यसबाट पाठ सिक्न हामी सबैलाई प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका सचेतक डा. शोभाकर पराजुलीले समाजमा सबै नागरिकमा दया र करुणाको चेत भयो भने निश्चय नै समाज समृद्ध र उन्नतिको मार्गमा जान्छ भन्नुभयो ।

वितरण कार्यक्रमलाई प्रदेश सांसद पारस साह, ज्वाला कुमारी साह, जिल्ला समन्वय समितिका सहसंयोजक पवन कुमार व्याहुत, कलैया उपमहानगरपालिका मेयर राजेशकुमार यादव, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्रशासकीय अधिकृत मुरारी कार्की, बारा उद्योग वाणिज्य संघका महासचिव रामअसिस साह, गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादव, मर्दशा माबिका अध्यक्ष महम्द सगिर, बेगा साह माबिका प्रअ देवेन्द्र गिरी, ब्रह्मकुमारी राजसेवा केन्द्रका सञ्चालिका मिना दिदी, प्रहरी नायव उपरीक्षक गौतम मिश्रलगायतले यादव दम्पतीले गर्नु भएको सामाजिक कार्यको सह्राना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button