तपाईँ सुन्दै हुनुहुन्छः

कमल गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

झापा । झापाको कमल गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न गाउँसभाले विभिन्न निर्णय गर्दै आठौं गाउँसभा सम्पन्न गरेको हो ।

गाउँसभाले सातौं गाउँसभाबाट स्वीकृत भएको रु ८१ करोड ८५ लाख ९१ हजार ७९९ रुपैया रहेको बजेटलाई संसोधनगरी ८६ करोड ७० लाख हजार ५२ हजार ९०८ रुपैया पुर्याएको छ ।साधुुहोली सिमसार पर्यटन पूर्वाधार तथा पर्यटन पूर्वाधारमा टेवा पुर्याउनका लागि समितिलाई विधान दर्ता गरी प्रकृया अगाढी बढाउन गरिएको निर्णय गाउँसमाले पारित गरेको छ ।

गाउँसभाले विपद व्यवस्थापन कोषबाट कोरोना संक्रमण रोग नियन्त्रणसँग सम्बन्धित भएर गरेका सम्पूर्ण खर्च (राहत वितरण, क्वारेण्टाइन र आइशोलेशन केन्द्र, पि.सि.आर परीक्षण) तथा तोपगाछी खानेपानी आयोजना कमल १ र २ को लागि चालु आ.व.०७७/०७८ मा थप पाईपलाईन सर्भे, डिजाइन भेरिफिकेशन र माटो परिक्षण लगायतमा भएका खर्चलाई समेत अनुमोदन गरेको छ ।

तोपगाछी स्वास्थ्य चौकीको स्तरोन्नती भई १५ वेडको अस्पताल निर्माण गर्ने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त पत्रानुसार हाल सन्चालनमा रहेको तोपगाछी स्वास्थ्य केन्द्रको स्थानमा आधारभूत अस्पताल भवन निर्माण निर्देशिका २०७७ अनुसार जग्गा अपुग हुने भएको कारणले उक्त स्थानमा १५ शैयाको अस्पताल भवन निर्माण गर्न सम्भव नहुने भएको हुदा गाउँपालिका भवन रहेको जग्गाको पश्चिम उत्तर तर्फ खाली रहेको जग्गामा अस्पताललाई आवश्यक पर्ने मापदण्ड अुनसारको जग्गा उपलब्ध गराउन कार्यपालिका बैठकले गरेको निर्णय लाई गाउँसभा ले परित गरिएको छ ।

औद्योगीक करिरोडबाट विस्थापित भएका नजतालाई उतिच ठाउँको खोजिगरी स्थाई बसोवासको प्रबन्ध मिलाउने तथा रतुवामाई वृक्षारोपण आयोजनालाई संरक्षण गर्दै सो ठाउलाई दिगो विकास र स्थानिय जनतालाई फाईदाहुने किसिमको कार्यक्रम तयारगरी लागुगर्ने लगायतका निर्णय गाउँसभाबाट परित भएको प्रमुख प्रसाशसिकय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button