तपाईँ सुन्दै हुनुहुन्छः

माई मेला नलगाउन जिल्ला प्रशासनको निर्देशन

झापा । हरेक वर्षको माघ १ गते माघे संक्रान्तिका दिन लाग्दै आएको कन्काई नदीको माई मेला यस वर्ष नलगाउन प्रशासनले निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सूचना जारी गरी कोरोना संक्रमणको जोखिम विद्यमान रहेको भन्दै मेलामा अत्यधिक भीडभाड हुने र त्यसबाट संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सो निणर्य गरिएको उक्त सूचनामा उल्लेख छ । मेलामा रोटे पिङ, सर्कसजस्ता मनोरंजनलगायतका कार्यहरु र हाटबजार टेन्ट टाँगेर गरिने व्यापार व्यवसाय गर्न रोक लगाइएको छ ।

कनकाई नदी पूर्व कनकाई नगरपालिका र पश्चिम शिवसताक्षी नगरपालिकामा माई मेला लाग्ने गरेको छ । ती दुवै नगरपालिकाले आआफ्ना निणर्य जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । कनकाई नगरपालिकाले पुष २४ र शिवसताक्षी नगरपालिकाले पुष २६ गते आफ्नो निणर्य पाएको थियो । त्यही निणर्यलाई आधार मानेर मेला नलगाउने निणर्य गरिएको सहायक प्रजिअ पाण्डेले बताउनुभयो ।

प्रदेशकै ठूलो मेलाको रुपमा चिनिएको माई मेला कोरोना संक्रमणको जोखिमले यस वर्ष नलगाउने निणर्य गरिएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताउनुभयो ।उहाँले स्वस्फुर्त रुपमा मकर नुहाउन आउने मानिसहरुलाई खुल्ला गरिएको जानकारी दिइन् ।

धार्मिक क्षेत्रमा दैनिक रुपमा बस्ने पूजा सामग्रीको पसलबाहेक पिङ, होटल अन्य सामग्रीका पसल सञ्चालन गरी भीडभाड गर्न नदिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button