तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउनसुगरसहित श्रीमान–श्रीमती पक्राउ

झापा । झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित श्रीमान–श्रीमती पक्राउ परेका छन् । बुधबार दिउँसो मेचीनगर नगरपालिका वडा नं १३ को चारआली बजारमा शंका लागी चेकजाँच गर्ने क्रममा श्रीमान–श्रीमतीलाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. १ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी श्रीमती १८ वर्षीया पुजा राजपुत (मगर) रहेका छन् ।

उनीहरुको साथबाट १० ग्राम ब्राउनसुगर बरामद गरिएको र थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button