तपाईँ सुन्दै हुनुहुन्छः

पहिलोपटक सडक सञ्जालमा जोडियो बारकोट : स्थानीय हर्षित 

  

जाजरकोट । भौगोलिक विकटता, गरिबी र सधैँ खाद्य सङ्कट व्यहोरिरहेको वारेकोट गाउँपालिका पहिलो पटक सडक सञ्जालमा जोडिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका लहँ ५, कालीमाटीदेखि बारेकोट गाउँपालिका ९, सक्लाको ध्यापाटाकुरा जोड्ने २४ किलोमीटर दुरीको पहु“च मार्ग निर्माण  भएसँगै गाउँपालिका सडक सञ्जालमा जोडिएको हो  ।

४ सय १७ मेघावाट नलसिंहगाड जलविद्युत कम्पनीको बाधस्थल ध्यापाटाकुरा जोड्ने पहु“च मार्ग सडक हो । सडक निर्माणको काम सकिएपछि अहिले यहाँ यातायातका साधनसमेत सञ्चालनमा आएका छन् ।

साँघुरो सडक र घण्टौँ पैदल यात्राको बाध्यतामा रहेका यहाँका स्थानीय यातायातमा पहुँच पुगेसँगै निकै हर्षित छन्  ।

‘पहिले मान्छे हिँड्नलाई साँघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठ्यारो हुन्थ्यो । यति छिटै गाडी पुग्ला भन्ने सोचेका थिएनौँ । यातायातको पहुँच पुग्यो हामी निकै खुसी छौ ।’नलगा ५, रघुनाथकी कमला वलीले बताउनुभयो । आफ्नै घर आँगनमा गाडी गुडेको देख्ने वषौंदेखिको सपना पुरा भएको वलीले बताउनुभयो ।

‘घर आँगनमै मोटर बाटो आउँछ भने कल्पनासमेत गरेका थिएनौ, अहिले त मोटर नै गुड्न थाल्यो ।’ नलगा ५ भण्डारी गाउँकी राधिका खत्रीले बताउनु भयो । यस अघि घरबाट कालीमाटी बजार जान ५ घण्टा बढी समय हिँडेर जानु पर्ने बाध्य रहेको खत्रीले सुनाउनुभयो । ‘अहिले एक आधा घण्टामै पुगिन्छ, बजार जान आउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भयो ।’खत्रीले खुसी हुँदै भन्नुभयो ।

सडक निर्माणपछि नलगा ४ र ५ का कालीमाटी, रानीखेत, घुवार, पिपल चौर रघुनाथ, खनटाकुरा, पोखरा, मुली, पारीगाउँ, भण्डारीगाउँ, सिर्के, लविसा, ऐराडी, गर्छीना तथा बारेकोटको सक्ला, नायकबाडा, रोकायगाँउ, रामीडाँडा लगाएत स्थानका स्थानीयलाई सदरमुकाम खलङ्गा, दल्ली, कालीमाटी लगाएत क्षेत्रमा आवतजावत गर्न सहज भएको छ ।

नलसिंहगाड जल विद्युत् कम्पनीका साइड इन्जिनियर पदमबहादुर थापाले पहुँच मार्ग सडक निर्माणको काम सम्पन्न भएको बताउनु भयो । पहु“च मार्ग लगाएत अन्य पूर्वाधार निर्माणको काम पुरा भएपछि नलसिंहगाड जल विद्युत् निर्माणको ढोका खुल्ने थापाले बताउनुभयो ।

पहुँच मार्ग निर्माणको ठेक्का सम्झौता गोल्डेन गुड्स सेर्पा कन्स्ट्रक्सन प्रा. लि.ले २१ करोडमा पाएको थियो ।

कम्पनीले तोकेको समय अगावै सडक निर्माणको काम सम्पन्न गरेको थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button