तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा आज भूवा पर्व मनाइँदै

कञ्चनपुर । कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा डोटी अछामसँगै कर्णाली क्षेत्रका केही जिल्लाको मौलिक संस्कृति र प्रमुख पर्वका रुपमा आज भुवा पर्व अर्थात् भस्सो मनाइँदै छ ।
सोही अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज पुस २९ गते सार्वजनिक बिदा समेत दिएको छ ।  द्वापर युगमा पाँच पाण्डवले सुरु गरेको यो पर्व युद्ध कलासँग सम्बन्धित छ ।
एक हातमा तरबार एक हातमा ढाल समाई बाजाको तालमा सबैले एक चाल मिलाई ढाल तरबार चलाई र एकनासले पाइला मिलाई खेल्ने यो खेल खेल्न र हेर्न रमाइलो हुन्छ ।
कौरव माथि पाण्डवको विजय भएको हर्षोल्लासको रूपमा असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्व मनाइँदै आएको जनविश्वास छ ।
भुवा सुरु हुनै ठाउँ (भुवा खाणा)बाट भुवो सुरु भै गाउँ गाउँ घर घर गएर यो खेल खेलिन्छ । अगाडि भैलो जस्तै गरी केही व्यक्तिले भटयाउने ( भाणा हाल्ने ) र पछाडि सबैले भस्सी रे भस्सो भन्दै गाउँदै खेलिन्छ । भाणामा पाँच पाण्डवको गाथा गाउँदै भुवो पर्व कहाँ बाट कसरी आयो भन्ने पनि वर्णन गरिन्छ । भुवो खेली सके पछि घर मुलीले सकेको दक्षिणा दिन्छन् । पुसको औँसीबाट सुरु भई माघ महिना भन्दा पहिला या पूर्णिमा भन्दा पहिला सक्नु पर्छ । भुवा खाणामा रातभरि देउडासमेत खेलिन्छ ।
 खप्तड समाज कञ्चनपुरले यो वर्ष भुवा पर्व एक दिन मात्र हुने भएकोले पुस २९ गते महेन्द्रनगर बजारमा गायिका संगीता शाह, गायक ¥यापर अराज केशव, गायक सुर्य बीरहि साउद की देउडा गीतको प्रस्तूतीसहित भूवो भस्सो र चाली खेली धूम धामसँग मनाउने जनाएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button