पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज
पाल्पा । पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पाल्पाका एक हजार ८ सय ५८ जना कोरोना संक्रमित मध्ये एक हजार ७ सय ६२ संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको हिजो बेलुकाको विवरण अनुसार जिल्लाका विभिन्न स्थानका १४ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
तानसेन नगरपालिका ८ जना, रैनादेवी छहरा गाउँपालिकाका र बगनासकाली गाउँपालिकाका तीन÷तीन जना संक्रमितले कोरोना जितेका हुन् । अहिलेसम्म जिल्लाको माथागढी गाउँपालिकाका ८९ जना,रामपुर नगरपालिकाका २ सय ५३ जना, पूर्वखोला गाउँपालिकाका २ सय ५९ जना, रैनादेवी छहरा गाउँपालिकाका एक सय एक जना, रम्भा गाउँपालिकाका ८८ जना, बगनासकाली गाउँपालिकाका १ सय २५ जना, तिनाउ गाउँपालिकाका ६९ जना, रिब्दीकोट गाउँपालिकाका ७० जना, निस्दी गाउँपालिकाका १ सय १७ जना र तानसेन नगरपालिकाका ५ सय ९१ जना कोरोनामुक्त भएका छन ।
पाल्पामा कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक सय १४ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्