तपाईँ सुन्दै हुनुहुन्छः

बोईलर कुखुरा र कपडा बरामद

 सुनसरी । भारतमा वर्ड फ्ल्यूको संक्रमण देखिएकाले त्यसको असर नेपालमा पार्न सक्ने भएकाले सुनसरीको सीमावर्ती क्षेत्रमा अबैध कुखुरा बरामद गरिएको छ ।

प्रहरीले सीमामा बनाएको निगरानीको क्रममा भन्सार छलि ल्याउदै गरेका अबैध बोईलर कुखुरा बरामद गरि नष्ट गरेको हो । सोमबार नेपाल भारत सिमानामा पर्ने कोशी गाँउपालिका ८ बाट भन्सार तथा क्वारेनटाईन छलि मापडण्ड बिपरितका भारतमा उत्पादित ७४ थान अन्दाजी २३० के.जी. बोईलर कुखुरा बरामद गरिएको हो ।

बरामद गरिएको वोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयमा ल्याई पशु भेटेनरी अस्पताल कार्यालयका अधिकृत लगायतको उपस्थितिमा खाडल खनी खाडलमा पुरी नष्ट गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

एता जिल्लाको दुहवी नगरपालिका ४ सडक खण्डमा भारतिय बजारबाट नेपालतर्फ भन्सार छलि ठूलो मात्रामा कपडा ल्याउदै गरेको अवस्थामा अवैध कपडा बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली सहित चेकजाँच गर्ने क्रममा एक लाख पाँच हजार मूल्य बरावरको लत्ताकपडा नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी सोमबार सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button