तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु

file photo

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ ।

अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा पुग्नु नपर्ने भएको छ ।

योजनामा सहभागी हुनको लागि nlk.org.np/home मा गएर Register For Penson Yojana मा गइ उल्लेख गरे अनुसारको विवरण भरेपछि अनलाइन सेवा लिन सकिने छ ।

उक्त योजनामा सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएकोले इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्नेछन् ।

उक्त योजनामा आयआर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक–कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुनसक्ने नागरिक लगानी कोषले जनाएको छ ।

योजनामा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् ।

बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक  वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ ।

बचतकर्र्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात् समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले जम्मा गर्ने सहभागी समेत यस योजनामा सहभागी हुन सक्नेछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको नागरिक लगानी कोषले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button