तपाईँ सुन्दै हुनुहुन्छः

प्यूठानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फलको खेती

file photo

प्यूठान । प्यूठानका विभिन्न गाँउपालिकामा व्यावसायिक रुपमा अम्बा र ड्रागन फलको खेती गरिएको छ ।

जिल्लाको सरुमारानी गाउँपालिका–२ दर्भानमा ३ व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि खेती शुरुआत गरिएको हो ।

दर्भान र राप्ती गाउँपालिकामा गरी १ हजार ३०० बोट अम्बा र ड्रागन फलको खेती गरिएकोे सञ्चालक केशर बहादुर गुरुङले जानकारी दिनुभयो ।

त्यहाँ उत्पादित दुबै जातका फल जिल्लासँगै बुटवल र काठमाडौँमा पनि खपत हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button