तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीका सबै समस्याको एउटै टेबलबाट समाधान हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारी क्षेत्रमा देखिएका सबै समस्या एउटै राउन्ड टेबलमा बसेर हल गर्न आफूले चाहेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघको सोमबार भएको २८ औं वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका भएकोले सहकारी अभियानले गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा शतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियन्ताहरुको राउन्ड टेबल कार्यक्रम गरेर सबै समस्यालाई एकै ठाउँबाट समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधानका लागि सुझाव दिनु पर्ने धारणा राख्नुभयो ।

साधारण सभालाई महासंघका सल्लाहकारहरु सांसद उषा झा, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, किसान आयोगका सदस्य रविन्द्र केसी, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल र महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा लगायतले सम्बोधन गर्नुभएको थियो ।

बन्द सत्रमा एक दर्जन बढी राष्ट्रिय प्रतिनिधिहरुले समसामायिक विषयमा महासंघले स्पष्ट नीति सार्वजनिक गर्नुपर्ने, सरकारसँग लविङ गर्नुपर्ने, जिल्लास्तरीय संघहरुको दिगोपना र स्तरवृद्धिका कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button