कार्यक्रम उत्पादन तथा प्रसारणसम्बन्धी रेडियो नेपाल र मधेशी आयोगबीच सम्झौता
काठमाडौं । रेडियो नेपाल र मधेशी आयोगबीच रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र मधेशी आयोगका तर्फबाट उपसचिव भुवनबहादुर कार्कीले हस्ताक्षर गर्नुभयो ।
रेडियो नेपालमा भएको सम्झौता अनुसार मधेशी समुदायको सशक्तीकरणका लागि रेडियो कार्यक्रम उत्पादन गरी प्रसारण गरिने छ ।
उत्पादित कार्यक्रम रेडियो नेपालबाट हरेक महिनाको दोश्रो र चौथो आइतबार बेलुकी ७ः४० देखि ७ः५५ बजेसम्म प्रसारण हुने छ ।








प्रतिक्रिया राख्नुहोस्