खोप उपलब्धताका लागि प्रक्रिया शुरुः मन्त्री त्रिपाठी

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप समयमै उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले बताउनुभएको छ ।
आज मन्त्रालयमा पत्रकार भेटघाटका क्रममा मन्त्री त्रिपाठीले खोप विकास भएका निश्चित देशहरुसँग सम्पर्क तथा समन्वयको कार्य भइरहेको जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले नेपालमा खोपको उपलब्धताका लागि रुस, भारत र संयुक्त अरब लगायतका देशसँग आवश्यक सम्पर्क तथा छलफल भइरहेको बताउनुभयो ।
समयमै खोप उपलब्ध हुनेमा ढुक्क रहन आग्रह गर्नुहुदै मन्त्री त्रिपाठीले खोप केन्द्रको सञ्चालन, भण्डार, ढुवानी लगायतका सन्दर्भमा सरकार तयारी अवस्थामा रहेकाले खोप प्राप्त भएको ७ दिन भित्रमा कार्य सञ्चालन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्