थप ५ सय २७ जना कोरोना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज थप ५ सय २७ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।
आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ४ हजार ३ सय ७३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, कोरोना भाइरसको संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ९ सय २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्