तपाईँ सुन्दै हुनुहुन्छः

२४ वर्षपछि पक्राउ परेका भैंसी चोर जेल चलान

सप्तरी । २४ वर्षअघि भैंसी चोरी घटनामा संलग्न भई फरार रहेका सप्तरीको कञ्चनरुप नगरपालिका ४ का लक्षण सरदार कारागार चलान भएका छन् ।

सरदारलाई गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले अघिल्लो दिन आइतबार घरबाटै पक्राउ गरेको हो ।

डिएसपी भुवनेश्वर साहका अनुसार २०५३ माघ २९ गते सोही वडाका भरतलाल बहरखेरको भैंसी चोरेको आरोपमा चोरी मुद्दा अन्तरगत उनीमाथी कारवाही प्रक्रिया अघि बढाइएको थियो ।

सप्तरी जिल्ला अदालतबाट एक महिना कैद र ३७ हजार जरिवाना फैसला सुनाइएपछि सरदार फरार भएका थिए । पक्राउ परेका ५० वर्षीय सरदारलाई अदालतमा उपस्थित गराई आदेसानुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button