माघीको अवसरमा कैलारी गाउँपालिकामा तीन दिन बिदा
कैलाली । कैलालीको कैलारी गाउँपालिका माघीको अवसरमा ३ दिन बिदा दिने निर्णय गरिएको छ ।
पुस २९, माघ १ र २ गते बिदा निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले जानकारी दिनुभयो । गाउँपालिकाको हिउँदे अधिवेशनले तीन दिन बिदा लिने निर्णय गरेको उहाँले बताउनुभयो ।
कैलालीको थारु समुदायमा माघी पर्वलाई उल्लासका साथ मनाउने गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्