तपाईँ सुन्दै हुनुहुन्छः

वन क्षेत्रमा गलत काम गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

भक्तपुर । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा गलत काम गर्नेलाई मन्त्रालयले कारबाही गर्ने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घले आज भक्तपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई मन्त्रालयले कारबाही गर्ने बताउनुभयो ।

सामुदायिक वनको रुख कटान गरी सामुदायिक वनको खातामा पैसा आउने र पछि सामुदायिक वनको खातामा पैसा नहुने गरेको पाइएकाले त्यस्ता व्यक्तिलाई मन्त्रालयले कारबाही गर्ने बताउनुभयो ।

सामाजिक सञ्जालमा वन फडानी गर्ने मान्छे वन मन्त्री भएको भन्ने आइरहेको कुरालाई खण्डन गर्दै उहाँले विं.सं.२०५५ सालमा आबादी जग्गाको रुख कटान गर्दा घुस नखाएको आरोपमा आफूलाई वन फडानी गरेको दोष लागेको बताउनुभयो ।

त्यतिखेर नै आफूलाई जिल्ला अदालत र पुनरावेदन अदालतबाट निर्दोष ठहर गरी सकेको बताउनुभयो ।

साना ठुला गौरवका आयोजनाहरूलाई वनको कारणले रोक्न नहुने बताउँदै सबै मिलेर अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button