विद्युतीय सामग्रीको अत्यधिक प्रयोगका कारण विद्युत् आपूर्तिमा समस्या
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले विद्युतीय सामग्रीको अत्यधिक प्रयोगका कारण समय समयमा बत्ती जाने समस्या भएको बताउनुभएको छ ।
विद्युत् आपूर्तिका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित बैठकमा प्रमुख कार्यकारी अधिकृत शाक्यले कोरोनाको सङ्क्रमणका कारण मानिसहरूका दैनिक क्रियाकलाप इन्टरनेटमार्फत हुने भएकाले पनि पहिलेको भन्दा जन गुनासो बढेको बताउनुभयो ।
कार्यकारी अधिकृत शाक्यले खानेपानीको पाइप विच्छ्याउने र सडक निमार्णको काम भइरहने हुँदा पनि विद्युत् आपूर्तिमा समस्या हुने गरेको जानकारी दिनभयो ।
उहाँले प्राप्त जनगुनासोलाई सम्बोधन गर्दै विद्युत् आपूर्तिलाई सहज र सरल बनाउने काममा लाग्ने पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्