हेटौंँडामा शीतभण्डार भवन शिलान्यास
मकवानपुर। वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गर्नुभएको छ ।
प्रदेश दुग्ध विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौँडा उपमहानगरपालिका वडा नं ८ मा करीब रु ५७ लाख १२ हजार ४१७ को लगानीमा सो शीतभण्डार निर्माण हुने छ ।
आगामी विसं २०७८ वैशाखको पहिलोदेखि शीतभण्डारलाई सञ्चालनमा ल्याइने प्रदेश कृषि मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारीदिनुभयो । उहाँका अनुसार शीतभण्डारको क्षमता १०० मेट्रिक टन रहेकोे छ । सो समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री लामाले मन्त्रालयले गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो ।
सो अवसरमा कृषि मन्त्रालयका सचिव मतिना वैद्यले प्रदेशका विभिन्न जिल्लामा धुलो दूधको उत्पादनस्तर गरी अन्तरराष्ट्रिय बजारसम्ममा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्राथमिकता दिइएको बताउनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्