तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली। कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित धनगढी ३ का ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आइतबार राती मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button