तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज। बाँकेमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ८३ जनाको कोरोनाबाट मृत्यु भएको
छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button