समाजसेवीबाट सार्वजनिक बिद्यालयका विपन्न बिद्यार्थीलाई न्यानो कपडा वितरण
पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं ७ स्थित सगरमाथा आधारभुत बिद्यालयका १५० जना बिद्यार्थीलार्ई समाजसेवीको सहयोगमा न्यानो कपडा बितरण गरिएको छ ।
पाँचथर जिल्ला फिदिम वडा नं ७ स्थायी घर भई हाल काठमाण्ठौ बसोबास गदै आएका समाजसेवी दुतबहादुर (डिबी) गुरुङको सहयोगमा एक लाख तीस हजार रुपैयाँ मूल्य बरावरको ट्याक सुट न्यानो कपडा बितरण गरिएको हो ।
शनिवार पाँचथरको रानीटारमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी संबिधानसभाको सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भीष्मराज आङदम्बेले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नु भएको हो ।
सगरमाथा आधारभुत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा सो बिद्यालयका प्रधानाध्यापक पर्शुराम अधिकारीले बिद्यालयको समस्याहरुका वारेमा जानकारी गराउनु भएको थियो । समाजसेवी गुरुङले केही महिना अघि पनि सो बिद्यालयका बिद्यार्थीहरुलाई बिभिन्न खेलकुद सामाग्री प्रदान गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्