१३ वटा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर
काठमाडौं । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्यअभिवृद्धि कर विजक प्रयोग गरी १ अर्ब २२ करोड राजश्व चुहावट गर्ने १३ वटा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायरा गरेको छ ।
विभागले बाराको न्यू सयपत्री इन्टरप्राईजजे तथा कमजोर आर्थिक अवस्था भएका १३ वटा फर्मविरुद्ध उक्त मूल्य बराबरको बिगो कायम गरी कारवाहीका लागि अदालतमा मुद्दा दायरा गरेको हो ।
ती फर्महरूले मूल्य अभिवृद्धि कर ३७ करोड ३६ लाख ६३ हजार, आयकरतर्फ ८४ करोड २९ लाख र पुँजीगत लाभांशतर्फ ५४ लाख रुपैयाँ छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले विभागले गरेको अनुसन्धानले सबै सवुद प्रमाणबाट राजश्व चुहावट गरेको कसुर स्थापित भएकोले कारवाही अगाडि बढाएको बताउनुभयो ।
त्यस्तै सर्लाहीका जेनेरल सप्लायर्स प्रालिले पनि १२ करोड ७५ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर छली गरेको छ । यसका सञ्चालक सुवोध साहलाई विभागले सो बराबरको विगो असुल उपर हुने गरी जरिवाना तथा कैद सजाँय हुने गरी पुस २४ गते पाटन उच्च अदालतमा मुद्दा दायरा गरेको छ । संकित जेनेरल सप्लायर्सले ७ करोड १८ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर, ७ करोड १८ लाख रुपैयाँ आयकर र १ करोड ५ लाख रुपैयाँ लाभकर छली गरेको विभागले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्